बुधबार, कार्तिक १९ गते २०८३
images
images

लोसपाले पनि खोज्यो गठबन्धनमा आफ्नो भाग

एक्सप्रेस पाना
मंसिर २७, २०७९ मंगलबार
  • 187
    SHARES
  • लोसपाले पनि खोज्यो गठबन्धनमा आफ्नो भाग

    लोकतान्त्रिक समाजवादी पार्टीले सत्ता गठबन्धनमा भाग खोजेको छ।

    images

    लोसपाका शीर्ष नेताको छलफलले आफू पनि सत्ता गठबन्धनको एउटा दल भएकोले सरकार निर्माणका बैठकमा सहभागी गराउनुपर्ने निष्कर्ष निकालेको छ।

    चुनावअघि हामीले सत्ता गठबन्धनसँग सहकार्य गरेको हो। त्यतिबेलै चुनावपछि पनि सँगै जाने भनेर भनिएको थियो,’ लोसपा वरिष्ठ नेता शरतसिंह भण्डारीले भने, ‘यसबारेमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न हामीले पार्टी अध्यक्ष महन्थ ठाकुलाई म्याण्डेट दिएका छौ। हामी सरकारमा पनि सहभागी हुन्छौ।’ 

    images

    लोसपाले सत्ता गठबन्धनसँग मधेस प्रदेशमा तालमेल गरेको थियो। उसले संघीय संसद्का लागि ७ र प्रदेश सभाको लागि १६ स्थान पाएको थियो। लोसपाले मधेस प्रदेशमा ३ र लुम्बिनीमा १ गरी संघीय संसदमा ४ स्थानमा जितेको छ।