बुधबार, कार्तिक १९ गते २०८३
images
images

कति मतदाताले प्रत्यक्षमा भोट नै हालेनन् ?

एक्सप्रेस पाना
मंसिर २८, २०७९ बुधबार
  • 187
    SHARES
  • कति मतदाताले प्रत्यक्षमा भोट नै हालेनन् ?

    काठमाडौं । आमनिर्वाचन २०७९ अन्तर्गत प्रतिनिधिसभामा ७९ लाख ४१ हजार ५३६ मतदाता सहभागी नभएको पाइएको छ ।

    images

    निर्वाचन आयोगको अन्तिम मतदाता नामावली अनुसार कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता थिए । 

    जसमध्ये यसपटक प्रतिनिधिसभा निर्वाचनमा एक करोड १० लाख ४७ हजार ३४ मतदाताले मतदान गरेका छन् ।

    images

    अर्थात् कूल मतदाता संख्याको ६१ दशमलव ४१ प्रतिशत मात्र निर्वाचनमा सहभागी भएका हुन् । यसपटक १ करोड ४ लाख ८७ हजार ९५८ मत सदर भएको थियो भने ५ दशमलव शून्य ६ प्रतिशत मत बदर भएको  आयोगले जनाएको छ । 

    प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ भने १ करोड ११ लाख २६ हजार २२६ (६१ दशमलव ८५ प्रतिशत) मतदाता सहभागी भएका आयोगको तथ्यांकमा  उल्लेख छ ।