बुधबार, कार्तिक १९ गते २०८३
images
images

धरानका मेयर हर्कले मागे कार्यपालिका सदस्यहरुको राजीनामा

एक्सप्रेस पाना
पौष १, २०७९ शुक्रबार
  • 177
    SHARES
  • धरानका मेयर हर्कले मागे कार्यपालिका सदस्यहरुको राजीनामा

    धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ तथा वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुको विवादले उग्ररुप लिँदै गएको छ । 

    images

    विवाद बढ्दै जाँदा मेयर साम्पाङले शुक्रबार कार्यपालकिा सदस्यहरुसँग राजीनामा मागेका छन् । उनले आफूले भनेको नमान्ने भए राजीनामा दिएर बाटो खुला गरिदिन आग्रह गरेका हुन् । 

    साम्पाङले शुक्रबार उपमहानगपालिकास्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरेर कार्यपालिका सदस्यहरुको राजीनामा मागेका हुन् । 

    images

    तर गत वैशाखमा निर्वाचित भएयता कार्यपालिका बैठक बस्न नसकेको अवस्थामा वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले बिहीबार पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङ निरंकुश, स्वेच्छाचारी र अराजक बनेको आरोप लगाएका थिए । 

    उनीहरुले धरान उपमहानगरपालिका परिसरमै गरेको पत्रकार सम्मेलनमा कार्यपालिका बैठक बस्न नसक्नुमा मेयर साम्पाङ नै दोषी भएको बताए ।

    उनीहरुले मेयरले कार्यपालिका सदस्यहरुबारे गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै आपत्तिसमेत जनाए । 

    मेयर आफूहरूबारे दिएको अभिव्यक्तिबारे आत्मालोचना गरे मात्रै बैठक अघि बढ्न सक्ने बताए । उनीहरुले मेयर साम्पाङले आफूहरुका कुरा सुन्न पनि अस्वीकार गरेर तोकदेशले नगर चलाउन खोजेको बताएका थिए । 

    मेयरले स्वेच्छाचारी, तानाशाही, गैरकानुनी र गैरजिम्मेवार शैली अपनाउँदै आएको बताउँदै यस्तो अवस्थामा काम गर्ने वातावरण पनि नरहेको बताएका थिए । 

    मेयर साम्पाङले कार्यशैली सुधारे र म होइन हामी नभनेसम्म सहयोग गर्न नसकिने बताएका छन् । मेयरले सहकार्य गर्न तयार भए आफूहरु धरानको विकासमा हातेमालो गर्न तयार रहेको उनीहरुको तर्क छ ।

    धरान नगर कार्यपालिका प्रवक्ता  एवम् वडाध्यक्ष सूर्य भट्टराई 'मनोज'ले मेयरले कार्यपालिका बैठक अघि बढाउनै नचाहेको बताए। उनले गैरसंवैधानिक र गैरकानुनी बाटोबाट तोकआदेशकै भरमा गरिरहेको कामको नगरकार्यपालिका जिम्मेवार नहुने पनि बताएका छन् ।