बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रचण्डले बालुवाटार पुगेर देउवासँग मागे प्रधानमन्त्री पद

एक्सप्रेस पाना
पौष २, २०७९ शनिबार
  • 246
    SHARES
  • प्रचण्डले बालुवाटार पुगेर देउवासँग मागे प्रधानमन्त्री पद

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । शनिबार बालुवाटार पुगेर पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् । 

    images

    प्रत्यक्ष र समानुपातिक निर्वाचनको परिणाम सार्वजनिक भएसँगै उनीहरुबीच नयाँ सरकार निर्माणका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

    ‘निर्वाचनको परिणाम सार्वजनिक भएसँगै उहाँहरूबीच सरकार निर्माण लगायतका विषयमा छलफल भएको हो,’ प्रचण्डनिकट स्रोतले भन्यो । 

    images

    भेटवार्ताका क्रममा प्रचण्डले देउवासमक्ष प्रधानमन्त्रीको प्रस्ताव गरेको बताइएको छ। जवाफमा देउवाले गठबन्धनभित्र छलफल गरेर अगाडि बढ्ने बताएका थिए । 

    नेकपा माओवादी केन्द्रले सरकारको पहिलो कार्यकाल आफूहरूले पाउनुपर्ने दाबी गर्दै आइरहेको छ । संसद् विघटनपछि कांग्रेसले सरकारको नेतृत्व गरेकाले यसपटक आफूहरूले नेतृत्व पाउनुपर्ने माओवादीको दाबी छ । अध्यक्ष प्रचण्डले सार्वजनिक रुपमा सरकारको पहिलो कार्यकाल आफूले पाउने दाबी गर्दै आइरहेका छन् ।