बुधबार, कार्तिक १९ गते २०८३
images
images

देउवाविरुद्ध युवा नेता एक ठाउमा

एक्सप्रेस पाना
पौष ५, २०७९ मंगलबार
  • 181
    SHARES
  • देउवाविरुद्ध युवा नेता एक ठाउमा

    कांग्रेस महामन्त्री गगन थापालाई संसदीय दलको नेता बनाउन युवा नेताहरु एक ठाउमा आउनुले अब कांग्रेस भित्रको परम्परागत गुट भत्किने संकेत गरेको छ ।

    images

    महामन्त्री थापालाई संसदीय दलको नेताको उम्मेदवारको रुपमा डा. शेखर कोइरालाले प्रस्ताव गरेका छन् भने उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेलले समर्थन गरेका छन् ।

    महामन्त्री शर्मा गत महाधिवेशनमा सभापति शेरबहादुर देउवाले महामन्त्रीको उम्मेदवार नबनाएपछि प्रकाशमान सिंहको समुहबाट महामन्त्रीको उम्मेदवार बनेर जितेका थिए । तर अहिले प्रकाशमान सिंहले सभापति देउवालाई नै समर्थन गरिरहदा शर्माले थापालाई समर्थन गरेका छन् । शर्माले शुरु देखिनै थापालाई प्रधानमन्त्री बनाउनुपर्ने बताउदै आएका थिए ।

    images

    त्यस्तै अहिलेसम्म कांग्रेसनेता कृष्णप्रसाद सिटौला समुहमा रहेका युवा नेता पौडेलले पनि अन्तिम समयमा थापाको समर्थक बनेर सिटौला समुह छोडेका छन् । सिटौला भने देउवालाई नै संसदीय दलको नेता बनाउने पक्षमा रहेका छन् । उनले पौडेललाई अन्तिम समयसम्म पनि देउवालाई समर्थन गर्न आग्रह गरेको बताइएको छ तर पौडेलले सिटौलाको आग्रहलाई अस्वीकार गर्दै थापालाई समर्थन गरेका छन् ।

    त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले खुलेर सभापति देउवाको समर्थन मात्र गरेनन्, उनको उम्मेदवारीको प्रस्तावकनै बनेका छन् । यस अघि आफुलाई प्रधानमन्त्रीको दाबेदार बताउदै आएका पौडेलले राष्ट्रपतिको लोभमा देउवालाई समर्थन गरेको कांग्रेस वृतमा चर्चा रहेको छ । त्यस्तै पुर्व महामन्त्री डा. शशांक कोइरालाले यस अघि नै देउवा संसदीय दलको नेता हुनुपर्ने बताइसकेका छन् । साथै उनले अब आफ्नो दाबि मन्त्री बन्नेमा रहेको समेत बताएका छन् ।

    त्यस्तै यस अघि देउवालाई सभापति निर्वाचनको पहिलो चरणमा चुनौती दिएका विमलेन्द्र निधिले खुलेर देउवाको समर्थन गरिरहेका छन् ।

    यसरी हेर्दा अब देउवालाई चुनौती दिन गगन थापाको नयाँ समुह कांग्रेसमा यस संसदीय दलको निर्वाचनबाट जन्मिएको देखिएको छ । यद्यपी गगनले आगामी महाधिवेशनमा शेखरलाई समर्थन गर्ने शर्तमा अहिले समर्थन पाएको बताइएको छ ।  

    यसरी अब कांग्रेसको आन्तरिक समिकरणमा पुराना नेता भर्सेज युवा नेता भएको छ । संसदीय दलमा सांसदहरुले आफुलाई नबदलेमा देउवा अहिलेसम्म बहुमतमै रहेको देखिन्छ तर उम्मेदवारी दर्ता गर्दासम्मको अवस्थाले अब कांग्रेसमा युवा नेताहरुको जबर्जस्त हस्तक्षेपको संकेत गरेको छ ।