बुधबार, कार्तिक १९ गते २०८३
images
images

कांग्रेस संसदीय दलको नेताको निर्वाचन आज, देउवा र थापा प्रतिष्पर्धामा

एक्सप्रेस पाना
पौष ६, २०७९ बुधबार
  • 181
    SHARES
  • कांग्रेस संसदीय दलको नेताको निर्वाचन आज, देउवा र थापा प्रतिष्पर्धामा

    काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन आज हुदै छ । कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिष्पर्धा हुदै छ ।

    images

    निर्वाचन समितिका अनुसार मतदान आज बिहान ८ बजेदेखि १० बजेसम्म हुदै छ । संसदीय दलको नेताको निर्वाचनको लागि मंगलबार मनोनयन पत्र दर्ता गरिएको थियो । जसमा सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द पौडेलको प्रस्ताव र उपसभापति पूर्णबहादुर खड्काको समर्थनमा उम्मेदवारी दर्ता गराएका थिए ।

    त्यस्तै महामन्त्री गगन थापाले नेता डा. शेखर कोइरालाको प्रस्ताव र उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेलको समर्थनमा आफ्नो उम्मेदवारी दर्ता गरेका थिए ।

    images

    कांग्रेस संसदीय दलको विधान २०७४ को धारा ५ बमोजिम संसदीय दलको नेताको पदमा उम्मेदवार हुनका लागि उम्मेदवारी दर्ता गर्दा ५१ हजार शुल्क तोकिएको छ ।

    कांग्रेस संसदीय दलमा प्रत्यक्ष र समानुपातिक गरि ८९ सांसद रहेका छन् ।