बुधबार, कार्तिक १९ गते २०८३
images
images

कांग्रेस संसदीय दलको मतदान सकियो, केहीबेरमा गणना हुने

एक्सप्रेस पाना
पौष ६, २०७९ बुधबार
  • 216
    SHARES
  • कांग्रेस संसदीय दलको मतदान सकियो, केहीबेरमा गणना हुने

    काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेता चयनको मतदान सकिएको छ ।

    images

    सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यलयमा भएको मतदानमा कांग्रेसका ८९ सांसदले मतदान गरेका छन् । कांग्रेसका ८८ सांसद मतदान स्थल मै उपस्थित भएर मतदान गरेका छन् भने एक सांसद माया राइले भने अस्पतालमा रहेका कारण अस्पतालबाट नै मतदान गरेकी छन् । राई सुत्केरी भएका कारण ओम अस्पतालमा भर्ना छिन् ।

    अब केहीबेरपछि मतगणना शुरु हुने निर्वाचन समितिले जनाएको छ ।

    images

    यस अघि बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि मतदानस्थलमा मतदातालाई मोबाइल लैजान दिने कि नदिने भन्ने विवादले मतदानमा ढिलाइ भएको थियो ।

    तर मतदानस्थलमा मोबाइल लैजान नदिने सहमति भएपछि मतदान भएको थियो ।

    मतदाता नामावली हेरेर मात्र सांसदहरूलाई भित्र प्रवेश गर्न दिइएको छ भने सांसद बाहेक अन्य नेताहरुलाई भित्र जनाबाट रोकिएको थियो । 

    कांग्रेस संसदीय दलको नेता चयनका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा उम्मेदवार बनेका छन् भने संसदीय दलको नेता चयन गर्न कांग्रेसका ८९ जना सांसदले मतदान गर्दैछन् ।