बुधबार, कार्तिक १९ गते २०८३
images
images

फुटतर्फ लम्कियो सत्तारुढ गठबन्धन !

एक्सप्रेस पाना
पौष १०, २०७९ आइतबार
  • 267
    SHARES
  • फुटतर्फ लम्कियो सत्तारुढ गठबन्धन !

    काठमाडौँ । सत्तारुढ गठबन्धन टुट्ने संकेत देखिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्तारुढ गठबन्धनको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाहिरिएपछि गठबन्धन टुट नजिक पुगेको हो ।

    images

    सरकारको नेतृत्व पहिला कसले गर्ने भन्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सहमति हुन नसकेपछि अब माओवादी केन्द्र गठबन्धनबाट बाहिरिने देखिएको छ ।

    यस अघि देउवा र प्रचण्डले प्रधानमन्त्री पदमा आआफ्नो दाबि नछोडे पनि आइतबार बिहानदेखि भएको छलफलमा कांग्रेसले प्रधानमन्त्री लिएमा राष्ट्रपति र सभामुख माओवादी ए एकीकृत समाजवादीले पाउनुपर्ने विषयमा छलफल भएको थियो । तर कांग्रेस प्रधानमन्त्री र राष्ट्रपति छोड्न तयार नभएपछि सहमति हुन नसकेको बुझिएको छ ।

    images

    यसैबीच गठबन्धनमा सहमति नभएपछि माओवादी केन्द्रका दोस्रो तहका नेताहरुले नेकपा एमालेसँग छलफल शुरु गरेका छन् । त्यस्तै प्रचण्डले पनि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न सक्ने बताइएको छ ।