बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डले आज शपथ लिदै, यस्तो छ मन्त्रीमण्डलको आकार

एक्सप्रेस पाना
पौष ११, २०७९ सोमबार
  • 210
    SHARES
  • प्रधानमन्त्री प्रचण्डले आज शपथ लिदै, यस्तो छ मन्त्रीमण्डलको आकार

    काठमाडौं । आइतबार प्रधानमन्त्रीमा नियुक्त नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज शपथ लिँदै छन् ।

    images

    राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनेछिन् । राष्ट्रपतिको कार्यालय शीतलनिवासमा अपराह्न ४ बजे शपथको कार्यक्रम तय गरिएको राष्ट्रपतिका स्वकीयसचिव भेषराज अधिकारीले जानकारी दिए ।

    सात राजनीतिक दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनसहित आइतबार दाबी पेस गरेपछि राष्ट्रपति भण्डारीले प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

    images

    प्रचण्डले तत्कालिन कांग्रेससहितको गठबन्धनबाट प्रधानमन्त्री नपाउने भएपछि सो गठबन्धन छोडेर एमालेसँग सहकार्य गर्दै प्रधानमन्त्री बनेका छन् । यस्तै आजै प्रचण्डले सानो आकारको मन्त्रीमण्ड बिस्तार गर्ने सम्भावना रहेको छ ।