बुधबार, कार्तिक १९ गते २०८३
images
images

राप्रपा सरकारमा नजाने

एक्सप्रेस पाना
पौष ११, २०७९ सोमबार
  • 234
    SHARES
  • राप्रपा सरकारमा नजाने

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सरकारमा नजाने बताएका छन् ।

    images

    नयाँ बानेश्वरस्थित संसद् भवनमा नयाँ गठबन्धनको बैठकअघि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष लिङदेनले राप्रपा सरकारमा नजाने बताएका हुन् ।

    यस अघि आइतबार बालकोटमा प्रचण्डको नेतृत्वमा सरकार बनाउन समर्थन गरेको राप्रपाले त्यसपछि बसेको बैठकमा अधिकांश पदाधिकारीले सरकारमा सामेल हुन नहुने विचार राखेपछि राप्रपा सरकार बाहिर बस्ने भएको हो ।

    images

    राप्रपाबाट प्रतिनिधिसभामा १४ सांसद रहेका छन् । राप्रपा अध्यक्ष लिङदेनले पनि सरकारमा नजाने बताउदै आएपनि एमाले अध्यक्ष केपी शर्मा ओलीको आग्रहमा नयाँ गठबन्धनमा सामेल भएको आफु निकट नेताहरुलाई बताएको बुझिएको छ ।