बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रचण्डको नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद् गठन, तीन उपप्रधानमन्त्री

एक्सप्रेस पाना
पौष ११, २०७९ सोमबार
  • 251
    SHARES
  • प्रचण्डको नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद् गठन, तीन उपप्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । आइतबार मात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । 

    images

    मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेलले सम्हालेका छन् । यस्तै, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको रूपमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा रवि लामिछाने बनेका छन् । अर्थमन्त्री पौडेलले यसअघि पनि अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । 

    माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका नेता श्रेष्ठले यसअघि पनि परराष्ट्रमन्त्री र गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उपप्रधान एवं गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष हुन् । 

    images

    यस्तै, मन्त्रीहरू ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई एमालेबाट र जनमत पार्टीबाट अब्दुल खान पनि मन्त्रिपरिषद्मा सहभागी रहेका छन् । उनीहरुको जिम्मेवारी तोकिएको छैन ।