बुधबार, कार्तिक १९ गते २०८३
images
images

जनहितमा काम गर्न अध्यक्ष ओलीको निर्देशन

एक्सप्रेस पाना
पौष १२, २०७९ मंगलबार
  • 166
    SHARES
  • जनहितमा काम गर्न अध्यक्ष ओलीको निर्देशन

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनहितमा काम गर्न पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।

    images

    शपथ लिएको भोलिपल्ट मंगलबार बिहान निजी निवास बालकोटमा बोलाएर अध्यक्ष ओलीले सुशासन, समृद्धि र राष्ट्रहितमा काम गर्न निर्देशन दिनुभएको सचिवालयले जनाएको छ ।

    एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा बिना विभागीय मन्त्रीहरु दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्रकुमार राई बालकोट पुग्नुभएको थियो । पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारमा एमालेबाट चार मन्त्री सहभागी छन् ।

    images