बुधबार, कार्तिक १९ गते २०८३
images
images

ओली प्रचण्डलाई भेट्न पुगे खुमलटार

एक्सप्रेस पाना
पौष १३, २०७९ बुधबार
  • 252
    SHARES
  • ओली प्रचण्डलाई भेट्न पुगे खुमलटार

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन् ।ओलीले सरकार विस्तार र आगामी रणनीतिका विषयमा छलफल गर्न खुमलटार पुगेको बताइएको छ ।

    images

    यस अघि प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रिमन्डल गठन गरिएकोमा अब ओली र प्रचण्ड सरकार विस्तारमा जुटेका छन् । भेटमा प्रदेश सरकार गठनका बारेमा समेत छलफल हुनसक्ने बताइएको छ । एमाले र माओवादी केन्द्र एक ठाउमा आएपछि सातै प्रदेशमा कांग्रेस बाहेकोको सरकार बन्ने देखिएको छ ।

    प्रचण्डले आजै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि सरकारमा सहभागिता बारे भेटवार्ता गरेका थिए ।

    images