बुधबार, कार्तिक १९ गते २०८३
images
images

विदेशबाट फर्किदा अतिरक्त मोबाइल ल्याउने विषयलाई तत्काल सहज बनाउन प्रधानमन्त्रीको निर्देशन

एक्सप्रेस पाना
पौष १९, २०७९ मंगलबार
  • 215
    SHARES
  • विदेशबाट फर्किदा अतिरक्त मोबाइल ल्याउने विषयलाई तत्काल सहज बनाउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट नेपाल फर्किदा अतिरक्त मोबाइल ल्याउने विषयलाई तत्काल सहज बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएका छन् ।

    images

    प्रधानमन्त्रीको सचिवालयले रोजगारीका सिलसिलामा विदेश गएका नेपालीहरुले आफूसँग फर्किँदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन प्रधानमन्त्रीले अर्थमन्त्रालयलाई निर्देशन दिएको जानकारी दिएको छ । 

    सचिवालयले भनेको छ, विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा प्रधानमन्त्री कार्यालयले अर्थमन्त्रालयलाई तत्काल नै यो विषयमा आवश्यक कार्यवाही अघि बढाउन निर्देशन दिएको छ ।

    images

    रोजगारीका सिलसिलामा विदेश गएका नेपालीहरुले आफूसँग फर्किँदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको छ ।