बुधबार, कार्तिक १९ गते २०८३
images
images

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधारमन्त्री श्रेष्ठद्वारा यातायात कार्यालयको अनुगमन

एक्सप्रेस पाना
पौष १९, २०७९ मंगलबार
  • 274
    SHARES
  • उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधारमन्त्री श्रेष्ठद्वारा यातायात कार्यालयको अनुगमन

    काठमाण्डौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले एकान्तकुनामा रहेको यातायात कार्यालयको अनुगमन गर्नु भएको छ ।  कार्यालय समय सुरू हुनासाथ मन्त्री श्रेष्ठ आकस्मिक अनुगमनका लागि पुग्नु भएको थियो ।

    images

    अनुगमनका क्रममा उहाँले झन्झटरहित सेवा दिन कर्मचारीलाई निर्देशन दिनु भएको छ । यस्तै, उहाँले कार्यालयमा सेवा लिइरहेका सेवाग्राहीको गुनासो पनि सुन्नु भएको थियो । यातायात कार्यालयमा सेवाग्राहीलाई सेवा पाउन सास्ती छ ।

    एउटै कामका लागि पटक पटक धाउनु परेको सेवाग्राहीको गुनासो बढे पछि मन्त्री श्रेष्ठले आज अनुगमन गर्नु भएको हो  । हिजो उहाँले समयमा कार्यालयमा उपस्थित नहुने मन्त्रालयका कर्मचारीको तलब काट्ने चेतावनी दिनु भएको थियो । 

    images