बुधबार, कार्तिक १९ गते २०८३
images
images

आफ्नै कमजोरीले समानुपातिकमा मत ल्याउन सकेनौँ- माधव नेपाल

एक्सप्रेस पाना
पौष २०, २०७९ बुधबार
  • 221
    SHARES
  • आफ्नै कमजोरीले समानुपातिकमा मत ल्याउन सकेनौँ- माधव नेपाल

    काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नै कमजोरीले गत निर्वाचनमा समानुपातिकमा थ्रेस होल्ड कटाउन नसकेको स्वीकारेका छन् ।

    images

    युवा संघ नेपालले बुधबार आयोजना गरेको नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनता आफूहरुको पक्षमा भए पनि त्यसलाई बाकसमा खसाल्न र गन्न सक्ने अवस्था सृजना नगरेको बताए । 

    तीन प्रतिशत थ्रेस होल्ड कटाउन नसक्नुमा आफूहरुकै कमजोरी रहेको बताउँदै उनले थ्रेस होल्ड कटाएकै आधारमा अतिरिक्त कुनै सुविधान नपाइने बताए ।

    images

    ‘थ्रेस होल्ड पारे गरेको भए, हामीलाई हेलिकप्टर दिन्थ्यो कि हवाइ जहाज दिन्थ्यो कि, पार्टीको अफिस राख्न घर दिन्थ्यो कि, रकम दिन्थ्यो कि, केही पनि दिँदैन थियो,’ अध्यक्ष नेपालले भने,  ‘हामीले खटेर काम गर्न सकेको भए, १५ सिट हुन्थ्यो कि ।’ सांसदहरुलाई थ्रेस होल्ड लाग्ने उनको चेतावनी दिए ।