बुधबार, कार्तिक १९ गते २०८३
images
images

माओवादीमै फर्किए लुम्बिनी प्रदेश सभाका स्वतन्त्र सांसद दीपेन्द्र पुनमगर

एक्सप्रेस पाना
पौष २०, २०७९ बुधबार
  • 225
    SHARES
  • माओवादीमै फर्किए लुम्बिनी प्रदेश सभाका स्वतन्त्र सांसद दीपेन्द्र पुनमगर

    काठमाडौं । स्वतन्त्र उम्मेदवारी दिएर लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएका दीपेन्द्र कुमार पुनमगर ९ सिजल ० नेकपा माओवादी केन्द्रमा फर्किनु भएको छ ।

    images

    प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार बिहान दीपेन्द्रलाई पार्टी प्रवेश गराउनु भएको हो । दीपेन्द्रलाई प्रचण्डले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा खादा लगाइदिएर स्वागत गर्नु भएको हो ।

    रोल्पाको प्रदेश सभा क्षेत्र नम्बर २ मा कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले गठबन्धनबाट टिकट पाएपछि उहाँ स्वतन्त्र उम्मेदवार बन्नु भएको थियो । दोस्रोपटक प्रदेशसभा सदस्य निर्वाचित भएका दीपेन्द्रको प्रवेशसँगै लुम्बिनी प्रदेशसभामा माओवादीको सांसद संख्या १० पुगेको छ ।

    images