सत्ता साझेदार दलले सरकारको न्यूनतम कार्यक्रम आज टुङ्ग्याउने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रमलाई बिहीबारसम्म अन्तिम रुप दिने निर्णय भएको थियो ।
सो बैठकले विशेष गरेर आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुनसक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा अन्य नीतिगत सवालमा केन्द्रित रहेर ल्याउने निर्णय गरेको हो । बैठकमा सङ्घीय सरकारलाई पूर्णता दिने र प्रदेश सरकार गठनलगायत मुलुकको समसामयिक राजनीतिक र सामाजिक विषयमा समेत छलफल भएको थियो ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सरकारको न्यूनतम कार्यक्रम ल्याएर सरकारले संसद्बाट विश्वासको मत पाएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए ।
.jpg)


