बुधबार, कार्तिक १९ गते २०८३
images
images

उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेको नागरिकता विवादवारे आज सुनुवाइ हुँदै

एक्सप्रेस पाना
पौष २२, २०७९ शुक्रबार
  • 215
    SHARES
  • उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेको नागरिकता विवादवारे आज सुनुवाइ हुँदै

    काठमाण्डाै । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादवारे सर्वोच्च अदालतमा आज (शुक्रबार) संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ ।

    images

    लामिछाने सांसद हुनसमेत अयोग्य रहेको भन्दै शपथ रोक्न माग गरेर सर्वोच्चमा रिट दायर गरिएको थियो । सर्वोच्चले प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश दिन अस्वीकार गरेपनि त्यससम्बन्धी निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।


    शुक्रबारको सुनुवाइमा रिटमा मागबादी गरिएअनुसार रविविरुद्ध अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा केन्द्रित रहेर बहस हुनेछ । सर्वोच्च अदालतले रिटमा मागदाबी गरिएअनुसार अन्तरिम आदेश जारी गरेमा लामिछाने सांसद र मन्त्री हुने पाउने छैनन् ।

    images