बुधबार, कार्तिक १९ गते २०८३
images
images

गण्डकी प्रदेशमा पुस २५ सम्म मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान

एक्सप्रेस पाना
पौष २२, २०७९ शुक्रबार
  • 188
    SHARES
  • गण्डकी प्रदेशमा पुस २५ सम्म मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान

    काठमाडौं । गण्डकी प्रदेश प्रमुख प्रमुख पृथ्वीमान गुरुङले २५ पुससम्ममा सरकार गठनका लागि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका छन् ।

    images

    गण्डकी प्रदेशमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेका कारण दुई वा दुुईभन्दा बढीहरू मिलेर बहुमत पुर्याइ दाबी पेश गर्न उनले बिहीबार आह्वान गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गण्डकी प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत पुर्याइ दाबी पेश गर्न उनले आह्वान गरेका हुन् ।

    प्रदेश प्रमुखको कार्यालयबाट जारी सूचनामा भनिएको छ, ‘निर्वाचन परिणामबाट नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम गण्डकी प्रदेश सभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि मिति २५ पुस ०७९ अपरान्ह ४ः०० बजेभित्र दाबी पेश गर्न माननीय प्रदेश प्रमुखज्यूबाट आह्वान गर्नु भएको व्यहोरा जानकारीको लागी अनुरोध छ ।’

    images