बुधबार, कार्तिक १९ गते २०८३
images
images

निर्वाचनमा झडप हुँदा मारिएका सञ्जिव र चेतन ऐडीको परिवारलाई १०-१० लाख दिने सरकारको निर्णय

एक्सप्रेस पाना
पौष २२, २०७९ शुक्रबार
  • 198
    SHARES
  • निर्वाचनमा झडप हुँदा मारिएका सञ्जिव र चेतन ऐडीको परिवारलाई १०-१० लाख दिने सरकारको निर्णय

    काठमाण्डौ ।  सरकारले गत मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका क्रममा झडपमा परेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

    images

    बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव ऐडी र चेतन ऐडीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । प्रत्येक परिवारलाई १०-१० लाख उपलब्ध गराउने निर्णय भएको हो ।

    त्यस्तै बैठकले राष्ट्रियसभा सदस्यको रिक्त पदको उपनिर्वाचन माघ २५ गते बुधबार निर्वाचन मिति तोक्ने निर्णय गरेको छ । साथै केही समयअघि कम्वोडियाको एक होटलमा आगलागीका क्रममा मृत्यु भएका झापाका निराकार पाण्डेको शव नेपाल ल्याउन लाग्ने खर्च पनि सरकारले वेहोर्ने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताए ।

    images