बुधबार, कार्तिक १९ गते २०८३
images
images

न्युनतम साझा कार्यक्रमलाई पूर्णता दिन कार्यदलको बैठक जारी

एक्सप्रेस पाना
पौष २२, २०७९ शुक्रबार
  • 179
    SHARES
  • न्युनतम साझा कार्यक्रमलाई पूर्णता दिन कार्यदलको बैठक जारी

    काठमाडौँ ।  सरकारको न्युनतम कार्यक्रम बनाउन जिम्मेवारी पाएको कार्यदलको बैठक बसिरहेको छ । अर्थमन्त्रालयमा जारी बैठकले सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिनेछ ।

    images

    एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलले आर्थिक समृद्धि र विकास तथा जनचासोको विषयलाई कार्यक्रममा समेटेको छ । कांग्रेससँगको गठबन्धन तोडेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसहित दलको समर्थनमा प्रधानमन्त्री बनेका छन् ।

    यही १४ पुसमा बसेको सत्तारुढ दलको बैठकले सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम बनाउन पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलमा एमालेबाट पौडेल, माओवादीबाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल र राप्रपाबाट धवलशमशेर राणा र जसपाबाट रकम चेम्जोङ छन् ।

    images