काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशपतिशम्शेर जबराले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।
संसद्को पहिलो बैठकका लागि एजेण्डा तय गर्न ज्येष्ठ सदस्य जबराले संसद् भवन नयाँ बानेश्वरमा बोलाएको सर्वदलीय बैठक केहीबेर अघि सुरु भएको हो । बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरू तथा स्वतन्त्र सांसदहरू समेतलाई बोलाइएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।
बैठकले प्रतिनिधिसभाको अन्तरिम नियमावली, दलहरुको सिट व्यवस्थापन, दलका नेताको बोल्ने क्रमलगायतका एजेण्डा तय गर्नेछ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदहरुलाई ज्येष्ठ सदस्य जबराले गत ७ गते शपथ गराएका थिए ।
संसद्को पहिलो बैठक पुस २५ गते बस्दै छ । पुस २६ गतेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यक्रम छ ।
.jpg)


