बुधबार, कार्तिक १९ गते २०८३
images
images

सकियो कार्यदलको बैठक, कार्यक्रमको मस्यौदा शीर्ष नेताहरूलाई बुझाउने

एक्सप्रेस पाना
पौष २२, २०७९ शुक्रबार
  • 169
    SHARES
  • सकियो कार्यदलको बैठक, कार्यक्रमको मस्यौदा शीर्ष नेताहरूलाई बुझाउने

    काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न बनेको कार्यदलको बैठक अर्थ मन्त्रालयमा बसेको छ । 

    images

    उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलको बैठकले न्यूनतम साझा कार्यक्रमको मस्यौदा शीर्ष नेताहरूलाई बुझाउने भएको छ । कार्यदलले मस्यौदा बुझाएसँगै सत्ता साझेदार दलहरूका नेताहरूले सरकारको न्यूनतम साझा कार्यक्रमलाई सार्वजनिक गर्नेछ । 

    यसअघि सत्ता साझेदार दलहरूको बैठकले आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुन सक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा अन्य नीतिगत सवालमा केन्द्रित रहेर सरकारको न्यूनतम कार्यक्रम ल्याउने निर्णय गरेको थियो ।

    images