बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रचण्ड नेतृत्वको सरकारमा यस्ता छन् नीतिगत संरचना र सुधारका एजेण्डा

एक्सप्रेस पाना
पौष २२, २०७९ शुक्रबार
  • 229
    SHARES
  • प्रचण्ड नेतृत्वको सरकारमा यस्ता छन् नीतिगत संरचना र सुधारका एजेण्डा

    काठमाडौँ । वर्तमान सत्ता गठबन्धनले सरकारका नीतिगत संरचना र सुधारका एजेण्डाको खाकालाई अन्तिम रूप दिँदै छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले कार्यान्वयन गर्ने गरी नीतिगत संरचना र सुधारका एजेण्डाको खाका तयार पारिएको हो ।

    images

    सत्तारुढ गठबन्धनमा आबद्ध घटक मिलेर सरकारको नीतिगत प्राथमिकता र कार्यक्रमको ड्राफ्ट तयार पारिएको हो, जसलाई अन्तिम रूप दिने तयारी भइरहेको छ । सोही ड्राफ्टमा उल्लेख भएअनुसार नीतिगत तथा संरचनागत सुधारका केही बुँदा प्रस्ताव गरिएको छ ।

    जसअनुसार अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गरी त्यसको सुझाव र सिफारिस अनुरूप न्यायपालिकाको शुद्धीकरण र सुधार गर्ने एवं आम नागरिकले सहज, छरितो र निष्पक्ष न्याय पाउने सुनिश्चितता गर्ने मस्यौदामा उल्लेख छ ।

    images

    यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता नियामक निकायलाई कानुन, जनशक्ति, स्रोत र साधनसहित अधिकार सम्पन्न बनाइ भ्रष्टाचार नियन्त्रण र सदाचारको प्रत्याभूति गर्ने, सार्वजनिक खरिद अनुगमन कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रलाई परिणाममुखी र प्रभावकारी बनाउन आवश्यक सुधार गर्ने जनाइएको छ ।

    संसद्को पहिलो अधिवेशनबाट सार्वजनिक खरिद ऐन, राष्ट्रिय महत्त्वका पूर्वाधार आयोजनको शीघ्र कार्यान्वयन सम्बन्धी ऐन, नागरिकता सम्बन्धी ऐन, नेपाल प्रहरी तथा प्रदेश प्रहरी (समायोजनसमेत) ऐन, सार्वजनिक यातायात सेवा ऐन, स्थानीय प्रशासन ऐन, संघीय निजामती सेवा ऐन, छाता विश्वविद्यालय ऐन लगायत ऐन तर्जुमा या विद्यमान ऐनमा समयानुकूल परिमार्जन गर्ने जनाइएको छ ।