बुधबार, कार्तिक १९ गते २०८३
images
images

माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा शुरु

एक्सप्रेस पाना
पौष २५, २०७९ सोमबार
  • 193
    SHARES
  • माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा शुरु

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको सिंहदरबारमा शुरु भएको छ । पुस २६ गते लिने भनिएको विश्वासको मतको विषयमा छलफल गर्न उक्त बैठक बसेको जनाइएको छ ।

    images

    आज संसद्को पहिलो बैठक १ बजेका लागि बोलाइएको छ । संसद्‌ बैठक अगावै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतबारे पार्टीका सांसदहरूसँग छलफल गर्न बैठक बोलाएका हुन् ।

    संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले मंगलबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै छन् ।
     

    images