बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रभावकारी भूमिका निर्वाह गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

एक्सप्रेस पाना
पौष २५, २०७९ सोमबार
  • 171
    SHARES
  • प्रभावकारी भूमिका निर्वाह गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

    काठमाडौं । संघीय संसदको अधिवेशन सोमबारबाट सुरु हुँदै छ । संसदको अधिवेशन सुरु हुने भएसँगै विभिन्न राजनीतिक दलहरुले आफ्ना सांसदहरुलाई संसदमा निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी गराउँदै आवश्यक निर्देशनसमेत दिएका छन् । 

    images

    सञ्चार क्षेत्र छाडेर केही महिनाअघि राजनीतिमा लागेका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पनि यसपटक संसदमा सहभागी भएको छ । पार्टी गठन गरेलगत्तै ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट संसदमा चौथो दलको हैसियत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदलाई निर्देशन दिएको छ । 

    सो पार्टीको संसदीय दलको सोमबार बसेको बैठकमा सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले जनचासो र जनजीविकको विषयलाई प्राथमिकतामा राख्दै प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदलाई निर्देशन दिएका हुन् । 

    images

    निर्वाचनमार्फत जनताले दिएका जिम्मेवारी, राष्ट्रियहित र स्वाभिमानको विषयमा अडिग रहेर भूमिका खेल्न नेता लामिछानेले निर्देशन दिएका छन् ।  उपप्रधान तथा गृहमन्त्री रहेका लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन पनि सांसदलाई भनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी २० सिटसहित संसदमा चौथो शक्तिको रुपमा रहेको छ ।