बुधबार, कार्तिक १९ गते २०८३
images
images

देशको भौगोलिक अखण्डताका लागि संघीयता अपरिहार्य: सिके राउत

एक्सप्रेस पाना
पौष २५, २०७९ सोमबार
  • 210
    SHARES
  • देशको भौगोलिक अखण्डताका लागि संघीयता अपरिहार्य: सिके राउत

    काठमाडौं । जनमत पार्टी अध्यक्ष तथा दलका नेता चन्द्रकान्त राउत (सिके राउत) ले देशको भौगोलिक अखण्डताका लागि संघीयता अपरिहार्य रहेको बताउनु भएको छ ।

    images

    प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै राउतले देश जातीय तथा धार्मिक विधितायुक्त रहेकाले भौगोलिक अखण्डताका लागि संघीयता अपरिहार्य रहेको बताउनु भयो । यसका लागि आफू नै उदाहरण रहेको उहाँको भनाइ छ ।


    लोकतान्त्रिक व्यवस्थाको रक्षा र सम्वर्द्धन गर्नुपर्नेमा जोड दिँदै उहाँले जनताको यावत् समस्या समाधान गरेर अघि बढ्नुपर्ने बताउनु भयो । साथै राउतले संघीयतामा नेपाल अभ्यस्त भइसकेको बताउँदै परापुर्वककालमा मधेशमा संघीयता रहेको तर पछि खोसिएको समेत बताउनु भयो ।

    images