बुधबार, भाद्र २४ गते २०८३
images

आज प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै

एक्सप्रेस पाना
पौष २६, २०७९ मंगलबार
  • 284
    SHARES
  • आज प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिने भएका छन् ।

    images

    आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका थिए । नेपालको संविधानको धारा ७६ (२) अनुसार निर्वाचित प्रधानमन्त्रीले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए भने ११ पुसमा शपथ लिएर कार्यभार सम्हालेका थिए ।

    प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा एमालेसहित सात दल र तीन स्वतन्त्र सांसदले समर्थन गरेका थिए । उनको पक्षमा १६९ मत छ । तर,  विश्वासको मतका लागि न्युनतम १३८ मत चाहिन्छ ।

    images

  • सम्बन्धित विषय:

  • # प्रचण्ड