बुधबार, कार्तिक १९ गते २०८३
images
images

एकीकृत समाजवादीले सरकारलाई विश्वासको मत दिने

एक्सप्रेस पाना
पौष २६, २०७९ मंगलबार
  • 184
    SHARES
  • एकीकृत समाजवादीले सरकारलाई विश्वासको मत दिने

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।

    images

    मंगलबार बिहान बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

    विश्वासको मत दिए पनि प्रतिपक्षमै बस्ने निर्णय भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

    images

    पार्टीले दाहाल नेतृत्वको सरकारलाई ससर्त समर्थन गरेको खतिवडाले बताए ।

    उनले भने, ‘विश्वासको मत दिन्छ । सर्त राखिने छन् । ती सर्त पुरा नगरेमा कुनै पनि बेला त्यहाँबाट फर्किन सक्ने ठाउँलाई सुरक्षित गर्दै प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय भएको छ ।’