बुधबार, कार्तिक १९ गते २०८३
images
images

बागमतीमा सभामुख र उपसभामुखको आज मनोनयन दर्ता

एक्सप्रेस पाना
पौष २८, २०७९ बिहीबार
  • 177
    SHARES
  • बागमतीमा सभामुख र उपसभामुखको आज मनोनयन दर्ता

    मकवानपुर ।  बागमती प्रदेशसभाको सभामुख र उपसभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदैछ । प्रदेशसभा सचिवालयमा आज बिहान १०ः३० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    images

    सचिवालयका अनुसार, निर्वाचनका लागि आज दिउँसो २: ३० देखि ३: ३० बजेसम्म मनोनयन फिर्ताको समय र अपराह्न ४ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यसूची रहेको छ ।

    बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठक उम्मेदवार बन्ने भएका छन् । राप्रपाले बुधबार उनलाई सभामुखको उम्मेदवार बनाउने टुङ्गो लगाएको थियो ।

    images

    सत्तारुढ दलहरुबीच मुख्य पद भागबण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो । यस्तै, बागमती प्रदेशसभाको उपसभामुखको भने टुङ्गो लागेको छैन । 

    बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा (एमाले) का २७, नेकपा (माओवादी केन्द्र) का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा (एकीकृत समाजवादी) का सात, नेपाल मजदुर किसान पार्टीका तीन तथा हाम्रो नेपाली पार्टीका दुई गरी एक सय १० प्रदेशसभा सदस्य रहेका छन् ।