बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित

एक्सप्रेस पाना
पौष २८, २०७९ बिहीबार
  • 194
    SHARES
  • प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित

    विराटनगर । प्रदेश १ सभामुखमा माओवादी केन्द्रका प्रदेश सांसद बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् ।

    images

    प्रदेशसभामा एमालेका प्रमुख सचेतक रेवतिरमण भण्डारीले गौतमलाई सभामुखमा निर्वाचित गराउन प्रस्ताव गरेका थिए । उनले गरेको प्रस्तावलाई समर्थकको तर्फबाट माओवादी केन्द्रका प्रदेश सांसद नारायणबहादुर बुर्जामगरले समर्थन गरेका थिए । त्यसपछि प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईले सभामुखमा गौतमलाई निर्विरोध निर्वाचित भएको प्रदेशसभामा घोषणा गरेका छन् ।

    उनले आजै प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनियताको सपथपछि दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकको अध्यक्षता गर्ने बताइएको छ  । उनी ओखलढुंगा १(२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । 

    images