बुधबार, कार्तिक १९ गते २०८३
images
images

गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित

एक्सप्रेस पाना
माघ १, २०७९ आइतबार
  • 191
    SHARES
  • गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित

     माघ १, २०७९ आइतबार

    images

    गण्डकी प्रदेशसभाको सभामुख पदमा नेकपा माओवादी केन्द्रका सांसद कृष्ण धिताल निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सरस्वती अर्याल तिवारीलाई ६ मतले पछाडि पार्दै धिताल सभामुखमा निर्वाचित भएको हो ।

    प्रदेशसभामा आज भएको मतदानमा धितालले ३२ मत ल्याउँदा तिवारीले २६ मत ल्याएका थिए । प्रदेशसभा बैठकमा ५८ जना सांसद सहभागी थिए। धिताललाई एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेले पक्षमा मत प्राप्त भएको छ ।

    images

    बैठकमा भएको निर्वाचनमा धिताललाई सांसद फणीन्द्र देवकोटाले सभामुखको लागि प्रस्ताव पेस गरेका थिए भने एमाले संसदीय दलका प्रमुख सचेतक रोशनबहादुर गाहाले समर्थन गरेका थिए ।