बुधबार, कार्तिक १९ गते २०८३
images
images

सभामुखको निर्वाचन: मनोनयन भोलि दिउँसो १ देखि ४ बजेसम्म

एक्सप्रेस पाना
माघ ३, २०७९ मंगलबार
  • 235
    SHARES
  • सभामुखको निर्वाचन: मनोनयन भोलि दिउँसो १ देखि ४ बजेसम्म

    संघीय संसद् सचिवालयले सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । माघ ५ गते हुने निर्वाचनको लागि मंगलवार कार्यतालिका सार्वजनिक भएको हो ।

    images

    कार्यतालिका अनुसार बुधवार दिउँसो १ देखि ४ बजेसम्म मनोनयनका लागि समय छुट्टाइएको छ । प्रतिनिधि सभाको पहिलो बैठक बसेको १५ दिन भित्र सभामुख चयन गरिसक्नुपर्ने संविधानमा व्यवस्था भए अनुसार सभामुखको निर्वाचन हुन लागेको हो ।

    सत्ता गठबन्धनमा सभामुख एमालेको भागमा परेको छ । एमालेबाट बलियो दाबेदारी नेता देवराज घिमिरेले दिएका छन् । उनी झापा-२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित भएका थिए । एमालेबाटै सभामुखका लागि  पृथ्वी सुब्बा गुरुङ, विद्या भट्टराई र छविलाल विश्वकर्माको नाम पनि चर्चामा छ।

    images