बुधबार, कार्तिक १९ गते २०८३
images
images

ओलीको भनाइले सङ्घीयता नै खतरामा छ कि जस्तो भएको छ: विमलेन्द्र निधि

एक्सप्रेस पाना
माघ ५, २०७९ बिहीबार
  • 177
    SHARES
  • ओलीको भनाइले सङ्घीयता नै खतरामा छ कि जस्तो भएको छ: विमलेन्द्र निधि

    नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले न्यायपालिकालाई नै निर्देशन दिने प्रणालीबाट सबै नागरिक झस्किएको बताउनुभएको छ ।

    images

    आज बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद निधिले प्रतिनिधि सभा विघटन प्रतिगामी होइन भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको व्यवहारबाट सबै झस्किएकोसमेत बताउनुभयो । उहाँले संविधानले व्यवस्था गरेको प्रणालीले कार्यपालिकाभन्दामाथि कसैले पनि निर्देशन दिन नमिल्ने बताउनुभयो । ओलीको भनाइले सङ्घीयता नै खतरामा रहेको आशङ्का उब्जिएको उहाँको भनाइ छ । 

    उहाँले भन्नुभयो, ‘संविधानले ग्रहण गरेको अवलम्बन र व्यवस्था गरेको प्रणालीले कार्यपालिकाभन्दामाथि कसैले नीति निर्देशन दिन मिल्छ र रु हामी झस्केका छौँ । नागरिक झस्केका छन् । उहाँ (ओली) ले प्रतिनिधि सभाको विघटन प्रतिगमन होइन भन्नुभएको छ । बाहिरको र नेपालको संसदीय प्रणालीमा केही न केही फरक छ ।

    images

    उहाँले यस्तो भन्नुमा सङ्घीयतामाथि नै खतरा आइरहेको छ भन्ने महसुस भएको छ । हामीले त्यो सबै कुरालाई ध्यानमा राखेर विश्वासको मत दिएका छौँ । विपक्षीले विश्वासको मत दिँदा खुसी मनाउनुपर्ने ठाउँमा चिन्ता हुन्छ भने के महत्त्व रु प्रतिस्पर्धालाई प्रतिशोधको भावनाले हेर्नु हुँदैन ।’

    सांसद निधिले सभामुखमा ईश्वरीदेवी न्यौपाने सबैभन्दा योग्य पात्र भएको दाबी पनि गर्नुभयो । उहाँले सभामुखकी उम्मेदवार न्यौपाने योग्य, अनुभवी, क्षमतावान्, कल्पनाशील दूरदर्शी व्यक्तित्व रहेको बताउनुभयो ।