प्रतिनिधि सभामा बिहिबार दिउँसो नयाँ सभामुखका लागि मतदान सम्पन्न भएको छ । प्रतिनिधि सभाको आजको उक्त निर्वाचनमा २६८ सांसदहरु उपस्थित थिए ।
मतदानमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका देवराज घिमिरेको पक्षमा १६७ मत तथा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी ईश्वरी न्यौपानेको पक्षमा १ सय मत आएको छ । मत दिन्न भन्ने सांसदको संख्या एक रहेको छ ।
बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले बहुमत प्राप्त गरेकाले घिमिरेलाई निर्वाचित भएको घोषणा गरे । घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् ।
घिमिरेको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ, समर्थकमा माओवादीका हितराज पाण्डे, राप्रपाका राजेन्द्रप्रसाद लिङदेन र रास्वपाका रवि लामिछाने थिए ।
.jpg)


