बुधबार, कार्तिक १९ गते २०८३
images
images

राष्ट्रपति समक्ष सभामुख घिमिरेद्वारा शपथग्रहण

एक्सप्रेस पाना
माघ ६, २०७९ शुक्रबार
  • 178
    SHARES
  • राष्ट्रपति समक्ष सभामुख घिमिरेद्वारा शपथग्रहण

    काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले आज राष्ट्रपति  विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

    images

    राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सरकारका मन्त्रीसहित संवैधानिक अङ्गका पदाधिकारीहरू उपस्थित हुनुहुन्थ्यो ।