सरकारले माघ ८ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले तामाङ समुदायको महान चाड सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
यो सँगै माघ ७ गते शनिबार भएकाले र माघ ८ गते आइतबार सोनाम ल्होसारको अवसरमा नेप्से, बैंक तथा बीमा कम्पनी, सरकारी कार्यालय, शैक्षिक संस्था तथा बैंकहरु बन्द हुने भएको छन् ।
प्रत्येक वर्ष माघ ८ गते तामाङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘सोनाम ल्होसार’ पर्व मनाउँछन् ।
.jpg)


