बुधबार, कार्तिक १९ गते २०८३
images
images

गण्डकी प्रदेशमा घटाइयो मन्त्रालयको सङ्ख्या

एक्सप्रेस पाना
माघ ९, २०७९ सोमबार
  • 213
    SHARES
  • गण्डकी प्रदेशमा घटाइयो मन्त्रालयको सङ्ख्या

    गण्डकी प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएको छ । 

    images

    यसअघि १२ वटा मन्त्रालय रहेकोमा त्यसलाई घटाएर सात बनाइएको प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री सीताकुमारी सुन्दासले जानकारी दिनुभयो । 

    उहाँका अनुसार सङ्ख्या घटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्य मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कृषि तथा जलस्रोत मन्त्रालय बनाइएको छ । 

    images

    मन्त्रालयको सङ्ख्या कटौतीसँगै मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने मन्त्री सुन्दासको भनाइ छ । मन्त्रालयको सङ्ख्या कटौती नहुँदासम्म विना विभागीय मन्त्रीका रुपमा शपथ लिनुभएका तीन जना मन्त्रीको जिम्मेवारी बाँडफाँट हुन सकेको थिएन । 

    गत पुस २५ मा मुख्यमन्त्री खगराज अधिकारीसहित तीन विना विभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । 

    विना विभागीय मन्त्रीका रुपमा नेकपा (माओवादी केन्द्र)का हरिबहादुर चुमान, नेकपा (एमाले)बाट सीताकुमारी सुन्दास र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ रहनुभएको छ ।