बुधबार, कार्तिक १९ गते २०८३
images
images

यी ३ विषयमा मन्त्री श्रेष्ठले मागे सुझाव

एक्सप्रेस पाना
माघ १०, २०७९ मंगलबार
  • 167
    SHARES
  • यी ३ विषयमा मन्त्री श्रेष्ठले मागे सुझाव

    उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले ३ विषयमा सुझाव माग गरेका छन् । सुशासन, यातायात व्यवस्थापन र पूर्वाधार (सडक, रेल, पानीजहाज) विकासका बारेमा श्रेष्ठले सुझाव मागेका हुन् ।

    images

    मन्त्रालयबाट सम्पादन गर्ने कार्यहरूमा गुणात्मक परिवर्तन गरी परिणाम हासिल गर्नुपर्ने भएकोले उनले सुझाव मागेको उनको सचिवालयले गरेको अपिलमा उल्लेख छ ।

    ‘सुशासन, यातायात व्यवस्थापन र पूर्वाधार विकाससम्बन्धी जानकारहरू र विषय विज्ञहरूसँग राय सुझाव लिने कार्यसमेत भइरहेको सन्दर्भमा समस्या समाधानका लागि सुझाव दिन अपिल गर्दछौं,’ मन्त्री श्रेष्ठका निजी सचिव नारायणप्रसाद लामिछानेले जारी गरेको अपिलमा भनिएको छ ।

    images