बुधबार, कार्तिक १९ गते २०८३
images
images

आज राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि मनोनयन दर्ता गरिँदै

एक्सप्रेस पाना
माघ ११, २०७९ बुधबार
  • 195
    SHARES
  • आज राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि मनोनयन दर्ता गरिँदै

    काठमाडौं । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको लागि बुधबार मनोनयन दर्ता गरिने भएको छ ।

    images

    माघ २५ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि बुधबार मनोनयन दर्ता गरिन लागेको हो ।

    नेकपा (एमाले) बाट राष्ट्रिय सभा सदस्य बन्नु भएका रुपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्न राष्ट्रिय सभाबाट राजीनामा दिनु भएपछि उहाँको पद खाली थियो । भट्टराईको पद रिक्त भएपछि उपनिर्वाचनमार्फत राष्ट्रिय सभा सदस्य चयन गर्न लागिएको हो ।

    images

    उक्त पदमा सत्तारूढ दलबाट रोल्पा निवासी एमालेका कुमार दसौदीले मनोनयन दर्ता गर्दै हुनुहुन्छ । नेपाली कांग्रेसले भने उम्मेदवारको टुङ्गो लगाउँदैछ ।

    बिहीबार उम्मेदवारबारे उजुरी दिने, शुक्रबार र शनिबार मनोनयनपत्र र उजुरीउपर जाँचबुझ तथा माघ १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने तालिका रहेको कार्यालयले जनाएको छ ।

    प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्ष गरी तीन सय पाँच मतदाता छन् ।