बुधबार, कार्तिक १९ गते २०८३
images
images

जनताको आशालाई निराश हुन दिन्न: सहरी मन्त्री पाण्डे

एक्सप्रेस पाना
माघ ११, २०७९ बुधबार
  • 150
    SHARES
  • जनताको आशालाई निराश हुन दिन्न: सहरी मन्त्री पाण्डे

    सहरी विकासमन्त्री विक्रम पाण्डेले जनताको आशालाई निराश हुन नदिने बताएका छन् । मिडिया नेपाल चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जनतासँग गरेका वाचा पूरा हुने गरी काम गर्ने बताएका हुन् ।

    images

    सरकारमा सहभागी हुने क्रममा जनताको पक्षमा काम गर्न पार्टीले आफूलाई यो जिम्मेवारी दिएको बताउँदै उनले पार्टीले दिएको जिम्मेवारी र जनताको आशा नमर्ने गरी काम गर्ने बताए । उनले भने, ‘निर्वाचनमा आफूले बोलेका योजना मात्रै होइन ७७ वटै जिल्लामा भइरहेका योजना र गर्नुपर्ने योजना जनताको अपेक्षा अनुसार काम हुन्छ ।’ सबै जिल्लामा आफ्नो मन्त्रालयको काम छिटो र फरक तरिकाले हुने उनले बताए ।

    उनले थपे, ‘७७ जिल्लामा भइरहेका र गर्नुपर्ने योजना हेरेर त्यसलाई छिटो भन्दा छिटो, फरक तरिकाले आजसम्म जसरी चलेको थियो त्यो भन्दा पनि फरक तरिकाले चलाउने लक्ष्यसाथ पार्टीले मलाई जिम्मा दिएको हो ।’ आफूले मन्त्रालय सम्हाल्न नपाउँदै स्वार्थ बाँझिने मन्त्रालयको जिम्मा दिएको भनेर टिक्काटिप्पणी भएको भन्दै उहाँले कुनै स्वार्थ नबाझिने बताए ।

    images

    सिक्टा सिँचाइ योजनामा आफ्नो कम्पनीलाई राजनीतिक उद्देश्यका साथ फसाउन खोजिएको भए पनि अदालतबाट सफाइ पाइसकेको उनले जानकारी दिए । आफूले सञ्चालन गरेका कम्पनीका सबै पदबाट राजीनामा दिइसकेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।