बुधबार, कार्तिक १९ गते २०८३
images
images

माओवादीको स्थायी कमिटी बैठक २ बजे बस्नेगरी सर्‍यो

एक्सप्रेस पाना
माघ १२, २०७९ बिहीबार
  • 156
    SHARES
  • माओवादीको स्थायी कमिटी बैठक २ बजे बस्नेगरी सर्‍यो

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आज बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक दिउँसो बस्नेगरी सरेको छ ।

    images

    बैठक पार्टी कार्यालय पेरिस डाडामा दिउँसो २ बजे बस्नेगरी सरेको हो । बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघसंगठनको पुनः गठन लगायतका विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए । बैठकमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी लगायतका दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिबारे पनि छलफल हुनेछ ।

    त्यसैगरी पार्टीको संगठन विस्तार लगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

    images