बुधबार, कार्तिक १९ गते २०८३
images
images

एकीकृत समाजवादीमा प्रवेश गर्दै गौतम, महासचिव बन्दै भुसाल

एक्सप्रेस पाना
माघ १२, २०७९ बिहीबार
  • 179
    SHARES
  • एकीकृत समाजवादीमा प्रवेश गर्दै गौतम, महासचिव बन्दै भुसाल

    काठमाडौं १२ माघ । गत पुसमा नेकपा (एकीकृत समाजवादी) पार्टी प्रवेश गरेका घनश्याम भुसाललाई महासचिवको जिम्मेवारी दिइने भएको छ ।

    images

    हालका महासचिव बेदुराम भुसालाई उपाध्यक्ष बनाएर नेकपा एमालेका पुर्व नेता समेत रहेका घनश्याम भुसाललाई महासचिव बनाउन लागेको बताइएको छ ।

    आगामी माघ २१ र २२ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा यसबारे औपचारिक निर्णय गरिने एक स्रोतले जनाएको छ । भुसाल गत पुस २९ गते माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

    images

    एमालेका नेता बामदेव गौतम पनि एकीकृत समाजवादीमा प्रवेश गर्ने चर्चा सुरु भएको छ । अध्यक्ष नेपाल र गौतमबीच पार्टी प्रवेशबारे छलफल भइरहेको जनाइएको छ ।