बुधबार, कार्तिक १९ गते २०८३
images
images

शिक्षा क्षेत्रको रुपान्तरण आवश्यक: शिक्षामन्त्री खनाल

एक्सप्रेस पाना
माघ १२, २०७९ बिहीबार
  • 211
    SHARES
  • शिक्षा क्षेत्रको रुपान्तरण आवश्यक: शिक्षामन्त्री खनाल

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले शिक्षा क्षेत्रको रुपान्तरणका लागि सबैसँग सहकार्य गरी अघि बढ्ने बताएका छन् ।  काठमाडौँ तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसका संस्थापक व्यवस्थापन समितिका अध्यक्ष स्वर्गीय ढकालध्वज थापाको प्रतिमा अनावरण तथा सम्मान कार्यक्रममा बोल्दै उनले नेपालको शिक्षा जटिल अवस्थामा रहेको र यसलाई रुपान्तरण गर्नका लागि अग्रज तथा विज्ञहरुसँग छलफल र समन्वय गर्ने बताए ।

    images

    “मुलुकको शिक्षा जटिल अवस्थामा छ, शिक्षा क्षेत्रमा ठूलो संरचना निर्माण गर्नुपर्नेछ”, उनले भने, “विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्याउन र गुणस्तर बढाउने विषयमा काम गर्नेछु ।” उनले शिक्षाको गुणस्तरीयतासँगै ८० लाख विद्यार्थी र ४र५ लाख शिक्षक व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए ।