बुधबार, कार्तिक १९ गते २०८३
images
images

लोक गायक पौडेलको निधनप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

एक्सप्रेस पाना
माघ १३, २०७९ शुक्रबार
  • 213
    SHARES
  • लोक गायक पौडेलको निधनप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक तथा दोहोरी गायक भीम पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत लोक गायक पौडेलको अल्पायुमै भएको दुःखद् निधनप्रति गहिरो दुःखसहित श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । 

    images

    प्रधानमन्त्रीले शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकमा गहिरो समवेदना समेत प्रकट गर्नुभएको छ । दर्जनौँ लोक दोहोरी गीत गाएर चर्चित बन्नुभएका गायक पौडेलको स्याङ्जास्थित घरमै आज निधन भएको हो ।

    विगत दुई महिनादेखि बिरामी भएर उपचार गराइरहनु भएका पौडेलको रक्त अल्पताको कारण निधन भएको छ । पौडेलको पार्थिव शरीरलाई आज कास्कीको पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने छ । 

    images