बुधबार, कार्तिक १९ गते २०८३
images
images

माओवादी बैठकमा संगठनात्मक प्रस्ताव पेस, पार्टी एकताबारे ब्रिफिङ

एक्सप्रेस पाना
माघ १३, २०७९ शुक्रबार
  • 165
    SHARES
  • माओवादी बैठकमा संगठनात्मक प्रस्ताव पेस, पार्टी एकताबारे ब्रिफिङ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको संगठनात्मक प्रस्ताव पेश गरेका छन् । 

    images

    पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको बैठकमा उद्लेद पार्टीका विभिन्न विभागहरूलाई पूर्णता दिने, संगठन सुदृढीकरण गर्ने र विस्तार गर्नेबारे प्रस्ताव राखेको र त्यसमाथि छलफल चलिरहेको नेता दीनानाथ शर्माले जानकारी दिएका छन् । 

    पार्टी प्रवक्ता कृष्णबहादुर महराले पार्टी एकताका लागि भएका पछिल्ला प्रयासबारे भनाइ राखेको नेता शर्माले थाहाखबरलाई बताए । 

    images

    राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा पनि बैठकमा छलफल भएको छ । तर राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजेर संविधानको मर्म र भावना बुझेको व्यक्ति हुनपर्ने पार्टीभित्र बलियो मत रहेको छ । 

    बिहीबार शुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा ब्रिफिङ गर्दै प्रतिवेदन पेश गरेका थिए । आजको छलफल लम्बिए बैठक भोलि फेरि बस्नेछ ।