बुधबार, कार्तिक १९ गते २०८३
images
images

पूर्वसचिव खनालले गरे नयाँ वैवाहिक जीवन सुरू

एक्सप्रेस पाना
माघ १४, २०७९ शनिबार
  • 180
    SHARES
  • पूर्वसचिव खनालले गरे नयाँ वैवाहिक जीवन सुरू

    १३ माघ, काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले नयाँ वैवाहिक जीवन सुरू गरेका छन् । सरिता शर्मा पोखरेलसँग बिहीबारदेखि खनालले नयाँ दाम्पत्य जीवन सुरू गरेका हुन् ।

    images

    २१ असोज, २०७६ मा खनालकी श्रीमती सुचित्रा खनालको क्यान्सरका कारण निधन भएको थियो । त्यसपछि एकल जीवन बिताइरहेका खनाल र १९ वर्षदेखि एकल जीवन बिताइरहेकी शर्माले आफ्ना आफन्त र परिवारको प्रस्तावलाई स्वीकार्दै सहयात्रा गर्ने निर्णय गरेका हुन् ।

    ‘पारम्परिक रुपमा विवाह गरेका हैनौं, बाँकी जीवन साथै बिताउने निर्णय गरेका हौं,’ खनालले अनलाइनखबरसँग भने,‘परिवारको साथ र समर्थनमा हामीले सहयात्रा थालेका छौं ।’

    images

    खनाल र शर्मा दुवैका एक-एक छोरी छन् । शर्माको श्रीमानको पनि १९ वर्षअघि निधन भएको थियो । विवाहको ६ वर्षमै छोरी ५ वर्षको हुँदा पति वियोग सहेकी शर्माले एकल महिलाकै रुपमा छोरीलाई लालनपालन र शिक्षा दिक्षा दिएकी थिइन् ।

    अर्थविज्ञका रुपमा समेत चिनिएका पूर्वसचिव खनाल र शर्माले दुवैतर्फको परिवारको उपस्थितिमा केक काटेर नयाँ यात्रा शुभारम्भ गरेका छन् ।