अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् ।
शनिबार बुटवलमा आयोजित एक कार्यक्रमकाबीच उनी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी हुन् । उनलाई नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जीता श्रेष्ठले पार्टी प्रवेश गराएकी हुन् ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै गौतमले आफू नागरिक उन्मुक्ति पार्टीको विचारबाट प्रभावित भएको बताइन् । उनले पार्टीको उद्देश्य पूरा गर्न आफू लागि पर्ने पनि बताइन् । उनी पत्रकार ऋषि धमालाकी श्रीमती हुन् ।
.jpg)


