बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको जिम्मेवारी

एक्सप्रेस पाना
माघ १४, २०७९ शनिबार
  • 182
    SHARES
  • प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको जिम्मेवारी

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गृह मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेकी छिन् । 

    images

    उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिएकाले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहालले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

    लामिछानेले यही माघ १३ गते नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिएका थिए । लामिछाने गत पुस ११ गते उपप्रधान एवं गृहमन्त्रीमा नियुक्त भएका थिए । 

    images